सुर्खेत / कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले रु २१ करोडको लागतमा खाँडाचक्र नगरपालिका वडा-१स्थित मान्म बजारमा सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । सार्वजनिक रुपमा रहेको २२९० बर्ग मिटर क्षेत्रफलमा भवनको निर्माण हुने भएको छ।त्यसको लागि डिपिआर गर्न नगर विकास कोष र खाँडाचक्र नगरपालिका विच सम्झौता भएको छ।उक्त सम्झौता नगर विकास कोषका कार्यकारी निर्दशक कृष्ण प्रसाद सापकोटा र खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही विच हस्ताक्षर गरेर सम्झौता भएको हो ।
दियो खबर संग मेयर शाहीले भने खाँडाचक्र नगरपालिका प्रत्येक वडा कार्यालयहरु पनि आफ्नो पालामा निर्माण गर्ने बताए ।पहिलो प्रथामिकता भनेको भौतिक संरचना हुन् त्यस लाई आवश्यक बजेट व्यवस्थापन गर्नको लागि करिब एक महिना नगरपालिका भन्दा बाहिर छु ।आफू नगरपालिकाको कामको सिलसिलामा काठमाडौं छु “खाँडाचक्र ढल निकासको लागि शहरी विकास मन्त्री संग विशेष पहल भएको छ,त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत पर्ने कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका -२ को सुनार खोलाको सडकको लागि पहल गरिरहेको समेत बताएका छन् ।खाँडाचक्र नगरपालिकामा आधुनिक कृषि क्रान्ति गर्नका लागि कृषक लाई तालिम र त्यहाँ उत्पादन भएको तरकारी ,फलफूल लाई खाँडाचक्र नगरपालिका-३ ताडिमा हाट बजारको व्यवस्था गरेर संचालन गर्नको लागि कृषि मन्त्रालय संग छलफल समेत गरेको बताए ।खाँडाचक्र नगरपालिकामा काम गर्न इच्छुक विभिन्न संघसंस्था लाई नगरपालिकाले जतिबेला र जहिले पनि स्वागत गर्न तयार रहेको बताए ।
निर्वाचनको समयमा निकै चर्चामा आएका शाही अहिले कता हराए भन्ने जनताको प्रश्नमा शाहीले भने म हराएको छैन् जनताका आधारभूत आवश्यकता लाई परिपुर्ति गर्न नगरपालिका भन्दा बाहिर गएको बताए ।
नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल,पार्किङ , क्यान्टिन नगरपालिका सम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल रु २१ करोडको लागतमा निर्माण हुने नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताएका छन् । भवनमा ५०० जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउँदै उनले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताए ।
ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥याङमा बसेरसमेत काम गर्नुपर्ने अवस्था आएको र तीन वटा घर भाडामा लिनुपर्ने समस्या नयाँ भवन निर्मणसँगै हट्ने मेयर शाहीले बताए ।
भावना शर्मा । १ भाद्र २०७९, बुधबार १६:१०