सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकामा कार्यरत सब ईन्जिनियर कम्मर बहादुर बमले आफ्नो जन्मदिनको अवसर पारेर खाँडाचक्र नगरपालिका -३ का अति विपन्न गरिब परिवारका दुई जनाको स्वास्थ्य बिमा गरिदिएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन कालिकोटका सह-सचिव समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका धनसिंह पाण्डे र कुश्मा पाण्डेको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन् ।
जन्मदिनमा अनावश्यक खर्चलाई अति विपन्न पाण्डेका परिवारको स्वास्थ्य बिमामा लगानि गरिदिएको उनले बताए । सह-सचिव बमले मंगलबार पाण्डेलाई नयाँ लुगासहित बिमा गरेर समाजलाई सकरात्मक सन्देशसँगै उदाहरणीय कामको सुरुवात गरेका हुन् ।दियो खबर संग कुरा गर्दै बमले भने, ‘हामी जन्मदिन होस् वा अन्य खुशीका कार्यक्रमहरूमा अनावश्यक खर्च गर्ने चलन बढेको छ ।’ यस्ताखाले खर्चलाई सानो भए पनि समानता मुखि समाज निर्माण गर्न यस्तो कामको सुरूवात गरेको उनले बताए । धनसिंह पाण्डे र कुश्मा पाण्डेलाई सामान्य विरामि भए पछि राज्यले तोके अनुसारको ओैषधि निःशुल्क उपचार पाउने भएका छन् ।
जन्मदिनको अवसरमा वमले गरे उदाहरणीय काम
तपाईको प्रतिक्रिया
भावना शर्मा । ३१ श्रावण २०७९, मंगलवार १५:०३