पुर्व अध्यक्ष बमले खेलाडी लाई गरे सम्मान

सुर्खेत /दाेश्राे नेपालकाे खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप प्रतियाेगितामा कालिकाेटबाट सहभागी भएर विजय प्राप्त गरेका खेलाडीलाई पाेषाक सहित पलाँता गाउँपालिकाका पुर्व अध्यक्ष  लक्ष्मण बहादुर बम(पलाँतिकान्छा)ले सम्मान गरेका छन् । पाँच देशबाट सहभागी रहेका खेलाडीलाई पछि पार्दै नेपाल प्रथम भएर कालिकाेटले पनि विजय प्राप्त गरेपछि पाेषाक सहित सम्मान गरिएकाे हाे ।
खेल क्षेत्रकाे विकासलाई सम्मान तथा हाैषला दिदै कालिकाेट विश्वभर चिनाउन यस्ता खेलाडिहरुकाे साथ र सहयाेह रहने बमले बताए ।
त्यस्तै विश्व कराते च्याम्पियनसीप तथा कालिकाेट जिल्लामा कराते नेतृत्व गर्दै आएका गुरु प्रेमसिंह तिरुवाले म जसरी याे क्षेत्रमा पुगे र कालिकाेट जिल्लाकाे नाम विश्व भर चिनाए त्यसैगरी खेलाडि उत्पादन गर्ने बताए । उनले भने, लक्ष्मणबहादुर बमले जसरी काठमाडौ जादाँ बस्दा आर्थिक तथा भाैतिक सहयाेग गर्नु भएकाे थियाे र सुर्खेत जादा वस्ने देखि सवै किसिमकाे खेलाडिलाई सहयाेग गरेका हुन । यसै गरि खेलाडीलाई राज्यले सहयाेग गर्याे भने देशकाे शिर उचाईमा पुर्याउन सकिने विश्व च्याम्पियनसीप तिरुवाले बताए । पछिल्लो समय बम समाजसेवा गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया