सुर्खेत/कुमामोतो नेपाली समाजको आयोजनामा नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कुमामोतो नेपाली समाजका अध्यक्ष पवन अधिकारीको सभाअध्यक्षता, हरि देवकोटाको प्रमुख अतिथ्यता
एनआरएनए उपाध्यक्ष रामकृष्ण श्रेष्ठ,नेपाली वाणिज्य दुताबास फुकुओका सचिव दिपक देवकोटा,एनआरएनए जापान क्युश्यु संयोजक अर्जुन थापा,प्रवासी नेपाली मञ्च क्युुशु क्षेत्रीय कमिटी अध्यक्ष केशव कुमार लामिछाने,मोना क्युश्यु जापानका अध्यक्ष उज्वल बानिया,प्रोफेसर बिनोद सुनार
लगाएत जापानमा क्रियाशील समाजिक संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।उक्त अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले नव आगन्तुक विद्यार्थी भाई बहिनीहरुलाई स्वागत तथा यहाँहरुको उज्ज्वल भविष्यको शुभकामना समेत दिएका छन् ।सहयोग गर्न तत्पर रहेको कुरा अवगत गर्दछौं। नेपाली विद्यार्थीहरु जापानको कुमामोतो क्षेत्रमा आएका विद्यार्थीलाई पार्ट टाइम जागिरको समस्या लाई समाधान गर्ने विभिन्न निकायहरु संग पहल,सहकार्य गर्दै आएको र सहयोग पनि गरेको समेत बताए ।जापानमा आइसके पछि आइ पर्ने विभीन्न समस्यासँग जुध्दै कसरी अगाडी बढ्ने भन्ने कुराहरुको बारेमा चेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको सह-सचिव दिपक शाहीले बताए ।
कुमामोतो नेपाली समाजको आयोजनामा नयाँ विद्यार्थीलाई स्वागत
तपाईको प्रतिक्रिया
भावना शर्मा । २३ श्रावण २०७९, सोमबार १७:२८