रुकुम पश्चिम / रुकुम पश्चिममा अरिंगालको टोकाईबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउपालिका वडा नम्बर १ का ४० वर्षिय सुवर्ण सुनारको मृत्यु भएको हो ।
तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो । साथीहरुसंग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए ।
झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको स्थानीय जनककुमार विश्वकर्माले जानकारी दिनुभयो ।
सुनार हाल त्रिवेणी गाउँपालिकामा कर संकलकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
भावना शर्मा । २२ श्रावण २०७९, आईतवार १५:३९