सुर्खेत/कालिकोट जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल महाबु लेखमा लाग्ने शिवजी मेलाको पूर्व सन्ध्यामा कालिकोट महाबै गाउँपालिका र दैलेख नारायण नगरपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकाले भक्तालुहरुको सजिलोको लागि संयुक्तरुपमा सडक मर्मत गर्ने भएका छन् ।
कालिकोट महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह( भिजन)ले बिहीबार दैलेख नारायण नगरपालिका नगर- प्रमुख , नौमुले गाउँपालिका र महाबु गाउँपालिका अध्यक्ष द्वय सँग भेट गरी आफ्नो आफ्नो क्षेत्रको भाग परेको सडकलाई बनाउने सहमती भएको जानकारी दिए ।
अध्यक्ष सिंहका अनुसार नगरक्षेत्र दैलेख बजार देखि ओखडबास सम्म नारायण नगरपालिका दैलेख, ओखडबास देखि महाबु लेख सम्म नौमुले गाउँपालिका र महाबु गाउँपालिका दैलेख र महाबु देखी सिम्खेत सम्म महाबै गाउँपालिका कालिकोटले सडक बनाउने गरी सहमति भएको अध्यक्ष सिंहले बताए ।
मेला यहि साउन २६ गते महाबु लेखमा लाग्ने भएको छ ।
महाबु मेलाको लागि दैलेख र कालिकोटको स्थानीय सरकारले संयुक्त सडक मर्मत गर्ने
तपाईको प्रतिक्रिया
भावना शर्मा । १९ श्रावण २०७९, बिहीबार १४:३३