जापान / नेपाल फेस्टिबल फुकुओका २०२२ को सबै तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
नेपालको कला संस्कृतिको संरक्षण गर्दै कला र संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल फेस्टिबल फुकुओकाको इतिहासमै पहिलोपटक नेपालका पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा १०ओैं नेपाल फेस्टिबल फुकुओकामा उद्घाटन हुने समेत जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा नेपाली पहिचान झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम र जापानीज ले पनि आफ्नो कल प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल फेस्टिबल फुकुओका संयोजक अर्जुन थापाले बताए ।
कार्यक्रम विहान १०:३० बाट सुरु हुने आयोजकले बतायो ।
नेपाल फेस्टिबल फुकुओकाको पत्रकार सम्मेलन
तपाईको प्रतिक्रिया
भावना शर्मा । १९ श्रावण २०७९, बिहीबार ०३:०४