अन्तर्राष्ट्रिय खेलमा कालिकोटले हात पार्याे प्रथम, द्धितिय र तृतीय स्थान

काठमाडौं /दोस्रो नेपाल अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप २०७८ नेपालको संघिय राजधानी काठमाडौ काे दशरथ रंगशालामा २०७८-०४-१६ -१७ गते संचालन भै समापन भएकाे छ । भारत,बङ्गलादेश,श्रीलंका र नेपाल गरि उक्त खेलमा ४ वटा देशकाे सहभागी रहेकाे थियाे । र नेपाल काे तर्फबाट कालिकोट जिल्ला का तीन जना खेलाडी पनि छनाैटमा पर्नुभएकाे थियाे उक्त अन्तर्राष्ट्रिय खेलमा कालिकोट का प्रकाश बराल ले ५० किलाेग्राम ताैलका ६४ जना खेलाडी बिच प्रतिस्पर्धा गरि प्रथम हुन सफल हुनुभएको छ, १४ बर्ष उमेरकाे खेलमा तपेन्द्र बिश्वकर्माले २७ जना खेलाडी संग प्रतिस्पर्धा गरि द्धितिय स्थान र १२ बर्ष उमेर खेलमा सत्य बिश्वकर्माले २२ जना खेलाडी संग कडा प्रतिस्पर्धा का साथ तृतीय स्थान हात पारेका छन् । खेलममा स्वदेसि तथा बिदेशि खेलाडी हरु संग कडा प्रतिस्पर्धा भएकाे कालिकोट जिल्ला कराँते महासंघ का अध्यक्ष प्रेमसिंह तिरुवाले बताउनु भएकाे छ । र खेल क्षेत्रबाट कालिकोट लमई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउदा पनि कालिकोट जिल्लाकाे खेलकुद बिकास समितिले वास्ता नगरेकाे खेलाडीले गुनासो गरेका छन् । ब्यक्तिगत रुपमा लगानि गरेर खेलाडीलाई खेल खेल्न ल्याउँदा निकै अफ्ट्यारो भएकाे र खाएकाे बसेकाे समेत पैसा तिर्न निकै कठिन हुँदा पनि कालिकोट का स्थानीय तहले कुनै चासाे नराखेकाे र काठमाडौ भएका पालिका प्रमुख उप-प्रमुख खेलाडि समेत भेट्न नआएकाे गुनासाे टिम काेच,प्रशिक्षक अथवा कालिकोट जिल्ला कराँते महासंघ का अध्यक्ष प्रेमसिंह तिरुवाकाे गुनासाे छ ।

तपाईको प्रतिक्रिया