जापान / प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस जापानको फोओका मा विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र सभापति सुशान्त भट्टराईको सभाअध्यक्षता र हामी नेपाली हाम्रो नेपाल अभियान प्रमुख संयोजक धर्म राज अधिकारिको प्रमुख आतिथ्यता,नेपाली जनसम्पर्क समिति जापानका उप सभापति नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्र का सल्लाहाकार बद्रि पौडेल विशेष आतिथ्यता, नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र पुर्ब सभापति नेपाली जनसम्पर्क समिति जपान केन्द्रिय महाअधिबेसन प्रतिनिधि डिका कार्की ,नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र पृर्व उप-सभापति नेपाली जनसम्पर्क समिति जपान केन्द्रिय महाअधिबेसन प्रतिनिधि सुरज बन,नेपाली जनसम्पर्क समिति जपान केन्द्रिय महाअधिबेसन प्रतिनिधि ,नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र पृर्व सचिव मदन शर्मा,नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र. छैटौ अधिबेसनको निर्बाचन कमिटी सदस्य भिम बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति जपान केन्द्रिय महाधिवेशन प्रतिनिधि अमृत भट्टको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावा क्षेत्र सचिव सज्जन सुबेदीले गरेका छन् ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो।
उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।
उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन्। जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे।प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्केका थिए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।
नेपाली जनसम्पर्क समिति जपान क्युशु ओकिनावाक्षेत्रीय कार्यसमितिले मनायो ४०औँ बिपी स्मृति दिवस
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ श्रावण २०७९, शुक्रबार १३:५५