रुकुम पश्चिम/रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा फोहर व्यवस्थापनको लागि विभिन्न ठाउँमा डस्टविनहरु राखिएको छ । वजारका चोक तथा गल्लिमा फोहर थुप्रिन थालेपछि नगरपालिकाले कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्टाछुट्टै राख्नको लागि डस्टविनको व्यस्था गरिएको हो । नगरपालिकाको वजार क्षेत्रका मुख्य चोकहरुमा डस्टविन राखिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । खंलगा वजार, पातुखोला, वागवजार, शेरिगाउँका विभिन्न १५ वटा ठाउँमा ४५ वटा डस्टविन राखिएको हो ।
एक ठाउँमा तीन वटा डस्टविन राखिएको छ । कुहिने फोहर, नकुहिने फोहर र सिसाजन्य फोहरलाई छुट्टै राख्नको लागि एक ठाउँमा तीन वटा डस्टविन राखिएको नगरपालिकाको भनाई छ । डस्टविन राखिएपछि फोहर व्यवस्थापनमा सजिलो हुने अपेक्षा गरिएको छ । नगरपालिकाले जथाभाबी फोहर नफाल्न अनुरोध गरेको छ । डस्टविनमा मात्र फोहर फाल्न नगरपालिकाले भनेको छ । त्यस्तै नगरपालिकाका शितलपोखरी, सोलावाङ लगायतका वजार क्षेत्रमा पनि डस्टविन राखिने नगरपालिकाले जनाएको छ ।
भावना शर्मा । ३२ असार २०७९, शनिबार १८:१३