फुकुओकमा नयाँ आगन्तुक विद्यार्थीहरु लाई अभिमुखिकरण कार्यक्रम२०२२

टोकियो/नेपाल बाट जापान आएका विद्यार्थीहरु स्वागत एवं जापानको सामाजिक संस्कृतिक रहनसहनमा घुलमेल गर्न सहजताका लागि गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिले उक्त कार्यक्रम राखेको संयोजक अर्जुन थापाले दियो खबर लाई बताए ।उहाँको भनाइ लामो समयको पर्खाइ पश्चात् नेपालबाट विद्यार्थी भिषामा जापान आउने विद्यार्थीहरुको संख्या धेरै भएकोले अहिले भने जस्तो र सोचे जस्तो काम पाउन मुस्किल परेको हो । नव आगन्तुक विद्यार्थी भाई बहिनीहरुलाई उज्ज्वल भबिष्यको कामना गर्दै जापानमा हार्दिक स्वागत गर्दछौं। गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमिति नव आगन्तुक विद्यार्थी भाई बहिनीहरुलाइ सहयोग गर्न तत्पर रहेको कुरा अवगत गर्दछौं।  नेपाली विद्यार्थीहरु जापानको क्युश्यु क्षेत्रमा आएका हुदा पार्ट टाइम जब नपाई  समस्यामा रहेको कुरा आइरहेको हुदा समस्या समाधानको लागि विभिन्न निकायहरु संग पहल गर्दै आइरहेको र सहयोग पनि गर्दै आइरहेको पुर्व संयोजक देवराज उप्रेतीले बताए ।
जापानमा आइसके पछि आइ पर्ने विभीन्न समस्यासँग जुध्दै कसरी अगाडी बढ्ने भन्ने कुराहरुको बारेमा चेतना मुलक जानकारी दिने उद्देश्यका साथै पार्टटाइम जब खोजि गर्न सहयोग गर्ने उदेश्यले आयोजना गरीएको कार्यक्रम हो ।
गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युश्यु सधै तपाईहरुको सहयोगमा तत्पर रहेको जानकारी गराउदछौ । कार्यक्रम हुने मिति – २०२२-०७-०२  शनिबार
समय – दिनको १ बजे बाट ५ बजे सम्म
स्थान – Fukuoka shi hakata ku hakata eki higashi 1-16-14

तपाईको प्रतिक्रिया