दियो खबर संवाददाता ।कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकामा होटल मदनमा न्यायिक समिति तथा स्थानीय दलित ,महिला र जनप्रतिनिधिहरु लाई कानुनी सचेतना तालिमको उद्घाटन गरिएको छ।चेतना अभिवृद्धि एवं समाजका अध्यक्ष कृष्णकला पाण्डेको सभाअध्यक्षता र खाँडाचक्र नगरपालिका उप-प्रमुख विजया विष्टले कार्यक्रम उद्घाटन गर्नु भएको छ।उप-प्रमुख विष्टले कार्यक्रममा बोल्दै कानुनका बारे जनप्रतिनिधि र समुदायमा यसको आवश्यक रहेको बताइन् ।यस कार्यक्रम को उदेश्य सिमान्तकृत मा रहेका बालबालिका ,दलित,महिला, र जनप्रतिनिधि लाई लक्षित गरि यो कार्यक्रम गरिएको हो । खाँडाचक्र नगरपालिका वडा नम्बर४ का वडाअध्यक्ष धनसिंह विश्वकर्मा ,दलित सेवा संघ का अध्यक्ष दान बहादुर विश्वकर्मा , केशवराज देवकोटा ,कोषाध्यक्ष बसन्त सुनार, प्रहरी जवान पंचकन्या गिरी ,नागरिक समाज संचारकर्मि,पत्रकार ,र सरकारवाला निकायको सहभागिता रहेको थियोे । उक्त कार्यक्रमका प्रशिक्षण अधिवक्ता दमनराज बम र दलित सेवा संघका जनवकालत अधिकृत रमेश नेपालीले गर्नु भएको थियो ।यो तालिम तीन दिन सम्म संचालन हुने आयोजक ले बताएको छ।
न्यायिक समिति तथा स्थानीय दलित ,महिला र जनप्रतिनिधिहरु लाई कानुनी सचेतना तालिमको उद्घाटन गर्दै -विष्ट
तपाईको प्रतिक्रिया
दियो खबर । ३० आश्विन २०७७, शुक्रबार १९:१३