Loading... आजः २७ श्रावण २०७९, शुक्रबार

पलाँता गाउपालिकाले ल्यायाे ४१ कराेड ६५ लाख ५४ हजार

सुर्खेत /कालिकाेट जिल्लाकाे पलाँता गाउपालिकाले ४१ कराेटकाे बजेट, नीति तथा कार्यक्रम ल्याएकाे छ । पलाँता गाउपालिका अध्यक्ष बिष्णुबहादुर राेकायाकाे अध्यक्षतामा शुक्रबार भएकाे दशाैँ गाउसभाबाट आगामी आर्थिक बर्षका लागि ४१ कराेड ६५ लाख ५४ हजार बजेट सार्बजानिक गरिएकाे हाे ।
पालिकाले समृद्व पलाँता निर्माणका लागि शिक्षा, स्वास्थ्य, यातायात, बिद्युत, राेजगारी तथा उद्यमशीलता लगायतका क्षेत्रलाई विशेष प्राथमिक्ता दिएकाे छ । जिल्ला समन्वय समिति कालिकाेटका प्रमुख धनजित शाही, उप प्रमुख मिना रावल बिक, युवा नेता मानबहादुर भण्डारी लगायतका नेताहरुकाे सहभागितामा भएकाे गाउसभामा शुसासन र विकासलाई प्राथमिक्ताका साथ नीति तथा कार्यक्रममा समेटिएकाे छ ।
पलाँता गाउपालिका अध्यक्ष राेकायले पलाँताबासीकाे थाप्लाेमा भारी बाेक्नै पर्ने बाध्यतालाई अन्त्य गर्न सडकलाई पहिलाे प्राथमिक्ता दिएकाे बताए । उनले आफ्नाे कार्यकालमा सबै गाउमा यातायात र संचार सेवा बिस्तार गरेर नागरिककाे जीवनस्तरमा सुधार गर्ने अठाेट रहेकाे बताए