Loading... आजः १२ असार २०७९, आईतवार

सार्वजनिक शौचालयको शिलान्यास गर्दै अध्यक्ष सिंह

कालिकोट/ जिल्लाको महावै गाउपालिका-२ मा रहेको सिप्डेखोला धारामा सार्वजनिक शौचालय को आज एक कार्यक्रमका विच महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले शिलन्यास गरेका छन् ।
महावै गाउपालिकाको प्राविधिक सहयोग र ओदाफाउण्डेसनको आर्थिक सहयोगमा शौचालय निर्माण गरिने अध्यक्ष सिंहले बताए ।पछिल्लो समयमा योजना अनुगमन र शिलान्यासमा महावै गाउँपालिकाको टिम लागेको छ।
सार्वजनिक शौचालय शिलान्यास कार्यक्रममा उपाध्यक्ष दानसिंह सेजुवाल ,नेकपा एमालेका पार्टी सह-सचिव एवं पूर्व उपाध्यक्ष मनराज शाही , वडा अध्यक्ष हर्क सिंह, ओदाफाउण्डेसनका सियो करण सिंह, अध्यक्ष मिम बहादुर कार्कि समाजेवि सोनिया तामाङ लगायतको उपस्थिति रहेको थियो।युवा नेता हिक्मत सिंहले बताए ।