काठमाडौं/सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वमा शंकरदेव क्याम्पसअगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ ।
प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’,‘शेरे तेरो पाराले दु:ख पायो साराले’ जस्ता नारा लगाएका छन् ।
तुलराज पाण्डे । ७ असार २०७९, मंगलवार २०:०५