कर्णालीका स्थानीय तहले बजेट नीति तथा कार्यक्रम खस भाषामा ल्याउदा राम्रो हुने नेता गाउँलेको सुझाव

कालिकोट / नेकपा(एकीकृत समाजवादी )कर्णाली प्रदेश कमिटी सदस्य तथा कालिकोट जिल्ला कमिटी उपाध्यक्ष चित्रसिंह गाउँलेले कर्णाली प्रदेशका स्थानीय तहहरु मार्फत बजेट नीति तथा कार्यक्रम खस भाषामा प्रस्तुत गरिनु राम्रो हुने सुझाव दिनुभएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति कालिकोटका अध्यक्ष समेत रहनु भएका नेता गाउँलेले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत कम्तीमा कर्णाली प्रदेशका स्थानीय तहहरुले खस भाषामा बजेट नीति तथा कार्यक्रम ल्याउदा बेस हुने सुझाव दिनु भएको हो ।
कर्णाली प्रदेशमा विगत लामो समय सक्रिय पत्रकारिता सँगै भाषा, साहित्य क्षेत्रमा योगदान दिनुभएका गाउँलेले स्थानीय सरकार हुनुको कारण पनि स्थानीय तहहरुले आफ्नो भाषा र संस्कृति भुल्न नहुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया