सुशासनका लागि युवा परिचालन सम्बन्धि ३दिने कार्यशाला कार्यक्रम सम्पन्न

दियो खबर संवाददाता ।सुशासनका लागि नागरिक सहभागिता कार्यक्रम अन्तर्गत कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाको होटल ह्वाइटहाउस मा सुशासनका लागि युवा परिचालन सम्बन्धि ३दिने कार्यशाला कार्यक्रमको समापन भएको छ।कार्यक्रमको समापन गर्दै खाँडाचक्र नगरपालिका उप-प्रमुख विजया विष्टले समापन गर्नु भएको छ। अब को विकासका लागि युवा शक्ति एकजुट हुन जरुरी रहेको छ। युवा पिडिले समाज रुपान्तरण गर्नका लागि आफ्नो घरबाट सुरुबात गर्न आवश्यक रहेको पनि बताइन् ,अहिले विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई रोकथाम गर्नेका लागि युवा पिडिले महत्त्वपूर्ण भुमिका खेल्न आग्रह समेत गर्नु भएको छ। उक्त कार्यशालामा सहभागी जनचेतना परिवर्तन युवा क्लब खाँडाचक्र नगरपालिका १,पञ्चदेव युवा क्लब खाँडाचक्र नगरपालिका २, ताडि युवा क्लब खाँडाचक्र नगरपालिका ३, समाजसुधार युवा क्लब खाँडाचक्र नगरपालिका ४, चुलिजिउलि हरियाली पाटन युवा क्लब खाँडाचक्र नगरपालिका ५, पिलि युनाइटेड युवा क्लब खाँडाचक्र नगरपालिका 7, जनप्रेमि युवा क्लब खाँडाचक्र नगरपालिका 8, प्रगतिशील युवा क्लब ,लालि गुराँस समुह ,कालिका समुह ,खाँडाचक्र सुशासन युवा क्लबको सहभागीता रहेको थियो । सहकर्मी समाज को संयोजक हरि उपाध्यायले तीन दिनको कार्यशाला कार्यक्रमको प्रशिक्षण गर्नु भएको थियो। उक्त कार्यक्रममा सहकर्मी समाज जनवाकलत चेतराज भट्ट ,समुदायिक सहजकर्ता सर्जन बहादुर शाहीले सहजिकरण गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया