सचेतकमा कुर्मराज शाही नियुक्त

 दियो खबर संवाददाता  सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालिकोट बाट निर्वाचित सांसद कुर्मराज शाहीलाई दिएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराज शाही लाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री महेन्द्र बहादुर  शाहीले मंगलबार कुर्मराज शाही लाई नियुक्त गरेका हुन् ।
यसअघि आइतबार गुलाबजङ्ग शाहलगायत १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका थिए ।

तपाईको प्रतिक्रिया