तिलागुफा प्रमुखमा उपाध्याय र उप्रमुखमा शाही विजयी

कालीकोट/ तिलागुफा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका शंकर प्रसाद उपाध्याय निर्वाचित भएका छन् । यस्तै उप-प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेन्द्र बहादुर शाही निर्वाचित भएका छन् ।
प्रमुखमा उपाध्याय २ हजार ९१६ मत प्राप्त गरेका छन् भने उप-प्रमुखमा शाहीले २ हजार ७५९ मत पाएको पाएका छन् । नगरपालिकामा जम्मा मतदाता संख्या ९ हजार ६२० रहेका छन् ।

तपाईको प्रतिक्रिया