राजनीतिलाई सेवा बनाउने छुः नगर-प्रमुखका उमेदवार शाही

कालिकोट/गठबन्धनको तर्फबाट खाँडाचक्र नगरपालिकाको नगर-प्रमुख पदका उमेदवार कमल बहादुर शाहीले आफ्नो उमेदवारी खाँडाचक्र नगरपालिकाको समग्र विकासका लागी भएको बताएका छन । नेकपा एकीकृत समासवादी कर्णाली प्रदेश कमिटी सदस्य एवं कालिकोट जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका राजनीतिक, वैचारिक तथा सामाजिक व्यक्तित्वका रुपमा परिचित छन । करिव ३ दशकको राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा धेरै अनुभव बटुलेका शाहीले आफुले प्राप्त गरेका सबै किसिमका सिप, अनुभव तथा क्षमतालाई खाँडाचक्र नगरपालिकाका जनताको जीवन स्तर उकास्न र नगरपालिका लाई संमृद्ध बनाएर विकासको मोडेलको रुपमा अगाडी लैजाने बताएका छन । 
जनमैत्री दिगो बिकास, सामाजिक रूपान्तरण, भ्रष्टाचार रहित सुशासन, स्थानीय श्रोत साधनको परिचालन,वातावरण संरक्षण, न्याय र समतामूलक समाज निर्माण,शुद्ध खानेपानी,गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच,महिला बालबालिका,युवा,जेष्ठ नागरिक,अल्पसङ्ख्यकहरुको हक अधिकारको सुरक्षा,सहज सार्वजनिक सेवा प्रवाह, कृषि,पर्यटन र उद्यमको आधुनिक विकास,सिप बिकास र रोजगारको सिर्जना,प्रविधि र सञ्चारको विकास,समृद्ध,समुन्नत र सभ्य खाँडाचक्र नगरपालिका बनाउने योजना बनाएको छु:उनले भने । उनले राजनीतिलाई सेवामुलक बनाउने र राजनीति भित्र देखिएको विकृतिलाई रोक्नका लागी भुमिका खेल्ने बताएका छन । 
खाँडाचक्र नगरपालिकामा बाम गठबन्धनबाट नगर-प्रमुखमा शाही र उप-प्रमुखमा नेकपा माओवादी केन्द्रबाट गणेश बहादुर शाही (आकाश )उमेदवार बनेका छन । 
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । 

तपाईको प्रतिक्रिया