रुकुम पशिमका गाउगाउमा केन्दीय प्रसारण लाईन बिस्तार हुदै

दियो खबर संवाददाता । प्रचण्ड खत्री रुकुम पशिम
रुकुम पशिमका सबै स्थानीय तहमा केन्दीय प्रसारण लाईन बिस्तार भैरहेको छ ।३ गाउपालिका र ३ नगरपालिका भएको जिल्लामा अहिले विधुत प्रसारण काम धमाधम काम भैरहेको छ। बिजुली नपुगेका ठाउमा पुस महिना सम्म लाईन बिस्तार गरिसक्के योजना रहेको छ । अहिले ७७ प्रतिशत वडामा बिजुली बजिसकेको रुकुम वितरण केन्द्रले जनाएको छ ।सानीभेरी गाउपालिकाको वडा नम्बर ९ सिम्लिमा दशैँ सम्म केन्दीय लाईनको बत्ति बल्ने गरि काम चलिरहेको र त्यस आसपासका ठाउमा बिजुली बलिसकेको छ । गाउपालिकाकै वडा नम्बर १ चाईनाबगर र वडा नम्बर २ को गिठाकोट काम चलिरहेको छ । त्यस ठाउमा पनि दशैँ सम्म बिजुली बल्ने योजना रहेको रुकुम पशिम वितरण केन्द्रले बताएको छ ।त्यस्तै बाफिकोट गाउपालिकाका ९ वडामा केन्दीय प्रसारणको बत्ति बलि सकेको र वडा नम्बर ७ मा काम सम्पन्न भैसकेको र केहि हप्तामा बत्ति बल्ने वडा अध्यक्ष नर बहादुर खत्रीले बताए ।

त्यतै मुसिकोट नगरपालिकाका १३ वडामा केन्दीय प्रसारण लाईन पुगिसकेको छ भने बाकि १४ नम्बर वडामा काम अगाडी बढिसकेको र दोपाई र त्यस आसपासका ठाउमा दशैँ लगतै केन्दीय प्रसारण लाईनको बत्ति बल्ने रुकुम वितरण केन्द्रका प्रमुख भटराईले बताए ।चौरजहारी नगरपालिकामा नगरपालिका आसपासका ठाउमा मात्र प्रसारण लाईन पुगेको छ भने वडा नम्बर ५ , ६ , ७ , १० , ११ र १२ वडामा काम अगाडी बढिरहेको र अबको केहि महिनामा काम सम्पन्न भएका वडाका प्रतेक गाउगाउमा बत्ति बल्ने प्रमुख भटराईले बताए ।

त्रिबेणी गाउपालिकामा ३ र ४ वडामा केहि हप्ता अगाडी केन्दीय प्रसारण लाईनको बिजुली बलिसकेको र त्रिबेणीका अरु वडामा काम भैरहेको र केहि महिना पछी बिजुली बल्ने गाउपालिका उपाध्यक्ष निर्मला बिस्टले बताईन । आठबिसकोट नगरपालिकामा भने दशैँ लगतै बत्ति बल्ने तयारि भैरहेको छ । वडा नम्बर ९ को राडी बजारमा केहि हप्ता पछी बत्ति बल्ने बताए ।वडा नम्बर ९ , ११ , १२ वडाका सबै टोलमा दशैँ सम्म बत्ति बल्ने भएपछी त्यहाका नागरिक खुसि भएका छन ।वडा नम्बर १,२ र ३ नम्बर वडामा अहिले काम भैरहेको र दशैँ लगतै स्यालाखदिका सबै टोलमा बत्ति बल्ने भएपछी स्थानीय खुसि भएको वडा नम्बर ३ का वडा अध्यक्ष केशरमान बिकले बताए ।

गत आर्थिक बर्षमा रुकुम पशिममा २५ करोड नेपाल सरकारको ग्राबी अन्तरगत बजेट आएर रुकुम पशिममा धेरै जसो वडामा बिजुलीका तार , पोल खरिद गरि बिजुली बिस्तारमा खर्च गरिएको छ । बाफिकोट गाउपालिका वडा नम्बर ३ मा रहेको स्यार्पुदह साना जलविधुत केन्द्र २०० किलोवाट रहेको छ । यस केन्द्रले बाफिकोट गाउपालिकाका सबै वडामा र सदरमुकाममा केन्दीय प्रसारण लाईनको अभाब भयो भने सदरमुकाम सम्म यो केन्द्रको लाईन जोडीएको प्रमुख भटराईले बताए। बाफिकोट १ मा रहेको नभ भिजन जलबिद्युत सहकारी संथाले वडा नम्बर १ र रुकुम पुर्ब सिस्ने गाउपालिका वडा नम्बर ३ , ४, , ५ र ६ वडामा बत्ति बलिरहेको बताएको छ ।
रुकुम पशिमको लागि केन्द्रबाट आउने केन्दीय प्रसारण स्थेसन सल्यानको सितलपार्टीमा ११ केबीको करिब ८६ किलोमिटर पछी रुकुम पशिममा केन्दीय प्रसारण लाईन पुगेको छ ।साउन भदैमा पटकपटक बिजुली जाने गरेता पनि पछिल्लो समय बिजुली नगएको भटराईको भनाई छ । रुकुम पशिमको वितरणका लागि मुसिकोट नगरपालिकाको धैरेनिचौरमा सब स्टेशण निर्माणाधीन अबस्थामा रहेको छ । स्टेशण निर्माण भएपछी रुकुम पशिमका सबै स्थानीय तहमा विधुत प्रसारणमा सहज हुने बताएको छ ।

तपाईको प्रतिक्रिया