सात”स”को सिद्धान्त बोकेर गाउँपालिका अध्यक्ष:आचार्य

कालिकोट/बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा विभिन्न राजनितिक दलहरुले चुनावि अभियानलाई तिब्रता दिएका छन । यसमा नेकपा एकिकृत समाजवादि पनि जोस जागरका साथ चुनावमा होमिएको छ । चुनावि माहोल तात्दै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीमा लोकप्रिय युवा नेताको चर्चा चारैतिर फैलिएको छ ।
को हुन् त:आचार्य
नेकपा एमाले निकट भातृ संगठनमा२०५६ सालमा अनेरास्ववियुमा सङ्गठित भइ राजनिति सुरु गरेका युवा नेता पुष्पराज आचार्य प्रखर, स्पस्ट र लोकप्रिय नेताको रुपमा चिनिन्छन्। कवि,गजलकार र प्रख्यात देउडा खेलाडि समेत रहेका आचार्य बहु प्रतिभाका खानि हुन्।
२०६२ मा सुर्खेत क्याम्पस शिक्षा का स्वबियु सदस्य तथा २०६५ सालमा उपसभापति,अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य समेत रहेका उनि नेपाल राष्टिय शिक्षक सङ्गठनका जिल्ला सचिब तथा प्रेस चौतारि कालिकोटका सचिब समेत भै सकेका छन । एमालेको पुर्ब जिल्ला कमिटि सदस्य भएका आचार्य हाल एकिकृत समाजवादी पार्टिका सचिबालय सद्स्य तथा शिक्षा बिभाग प्रमुख समेत रहेका छन । जनताले रुचाएका पात्र आचार्यले अङ्ग्रेजी बिष्यमा स्तातोकर हासिल गरेका छन ।सरल,मिलनसार र सहयोगि स्वभावका आचार्यकोले सात स को सिद्वान्त अघाडि सारेका छन । सिर्जनात्मक र बौद्धिक नेताको रुपमा परिचित आचार्य आफुले चुनाब जित्ने प्रबल सम्भावना रहेको बताउछन ।
शुभकालिका गाउँपालिका अध्यक्ष पुष्पराज आचार्यका यस्ता छन् चुनावी एजेन्डा
१.शुशासन,२.समन्वय र सहकार्य,३.सक्षमतामा आधारित शिक्षा,४.समता र समावेशीता,५.सकारात्मक सोच,६.सफल र दिगो विकास,७.समयानुकुल प्रविधि

तपाईको प्रतिक्रिया