सुर्खेत/नेकपा एकीकृत समाजवादी कि पोलिट्व्युरो सदस्य तथा युवा संघ नेपाल ईञ्चार्ज दिलु पन्तलाई कास्कि जिल्ला कमिटि बैठले पोखरा महानगरपालिकाको मेयर उम्मेद्वारको को लागि केन्द्रमा सिफरिस गरेको छ । उनि सँगै अन्य पाँचजनाको नाम पनि सिफरिस गरेको छ ।
गठबन्धनको भागबन्डा अनुसार पोखरा महानगर नेकपा एसको भागमा पर्ने सम्भावना रहेको छ । महानगर बाँडफाँडमा गठबन्धन आबद्ध दलहरु बिच लगभग सहमति भैसकेको छ । यदि पोखरा महानगर नेकपा एसको भागमा पर्ने निश्चित भएको खण्डमा पार्टिको तर्फबाट दिनु पन्तको नाम सबैभन्दा बलियो रहेको देखिन्छ ।
युवा संघ नेपाल हुँदै केन्द्रसम्मको राजनितिक यात्रा तय गरेकि दिलु पन्त पार्टिको शक्तिशाली कमिटि पोलिट्व्युरो को पनि सदस्य हुन् । युवा संघ नेपालको पनि साथ रहने, पार्टि भित्र पनि महिला प्रतिनिधिलाइृ प्रथमिकता दिनुपर्ने आवाज बलियो रहेको कारण दिनु पन्तको सम्भावना उच्च रहेको छ ।
साथै पोखरा महानगरकै उपमेयरको लागी जिल्लाले युवा संघ नेपालका उपाध्यक्ष पुर्ण लामालाई सिफरिस गरेको छ । युवा मतदाताहरुलाई पार्टिप्रती आकर्षित गर्न युवा संघ पृष्ठभुमि भएका युवा नेताहरुलाई नेकपा एसले महानगरमा जस्तो शत्तिशाली ठाउँमा उम्मेद्वार बनाउने तयारी गरेको बुझ्न सकिन्छ ।
पोखरा महानगरको मेयरमा पन्त सिफरिस
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ बैशाख २०७९, मंगलवार १९:२०