मुगु/कर्णाली प्रदेश सरकारका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाही गृह जिल्लामा व्यस्त हुनुहुन्छ ।
आगामी स्थानीय तहको निर्वाचन लाई लक्ष्यित गर्दै गृह जिल्ला आउनु भएका मन्त्री शाहीले जिल्ला सदरमुकाम गमगढीमा सरकारवाला संग विकास निर्माण का विषयमा छलफल समेत गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश सह-इन्चार्ज समेत रहेका शाही मुगु जिल्ला अध्यक्ष ,सचिव र कार्याकर्ता संग आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लाई लक्ष्यित गर्दै मुगुमा रहेका वडा देखि पालिका र नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी चुनावी अभियान लिएर टोल-टोल र गाउँ-गाउँमा जान मन्त्री शाहले निर्देशन समेत दिएका छन् ।मन्त्री शाही संग निजी स्वकीय सचिव विरेन्द्र मल्ल,स्वकीय सचिव जय बहादुर मल्ल रहेका छन् ।मन्त्री शाही बैशाख १ गते गृह जिल्ला आउनु भएको थियो भने आज नै प्रदेश राजधानी सुर्खेत फर्किने कार्यक्रम रहेको स्वकीय सचिव जय बहादुर मल्लले बताए ।
कृषि मन्त्री शाही गृह जिल्लामा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ बैशाख २०७९, आईतवार १६:४१