रारा घाटको झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

मुगु / कालिकोट खाँडाचक्र नगरपालिका-४ राराघाट स्थित झोलुङ्गे पुल मर्मतमा ध्यान नदिँदा समस्या भएकाे छ।
खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका जोड्ने झोलुङ्गे पुल वर्षाैँ देखि जीर्ण अवस्थामा रहेको छ।
१० बर्षको जनयुद्धमा काटिएको पुल २०६२/०६३ सालमा जिल्ला विकास समिति मार्फत निर्माण गरिएको भए पनि अवस्था दिनप्रतिदिन खस्किदै गएको छ।
तिला नदीमाथि बनाइएको राराघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारणलाई समस्या हुने गरेको छ।
खाँडाचक्र नगरपालिका–४ र शुभकालिका गाउँपालिका-४ बीचको तिला नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाई छ।
अहिले झोलुङ्गे पुल ठाउँ–ठाउँमा भत्किएकाे छ भने वरिपरि रहेका तार,जालीहरू फुत्किँदै गएका छन्।
पुलका विभिन्न भागमा रहेका नट बेल्टहरू समेत झरेका छन्।

तपाईको प्रतिक्रिया