मुगु/स्थानिय तहको निर्वाचन आउन अब लगभग एक महिना मात्र बाँकि रहदा विभिन्न राजनितिक दलहरुले चुनावि अभियानलाई तिब्रता दिएका छन ।
कल्पना थापाले नगरपालिका उप-प्रमुखमा दावी गरेकी छन्।
उनले दैलेखको आठविस नगरपालिका उप-प्रमुखमा आफ्नो दावी रहेको बताइन्।
‘मैले पार्टीका कमिटीहरुमा आफ्नो दाबी प्रस्तुत गरेको छु। म सँगै अरु साथीहरुको पनि दाबी छ। प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ,’उनले भनिन्।
आफू भ्रष्टचारविरुद्ध र विभिन्न सामाजिक विभेदविरुद्धको आन्दोलनमा पनि लागेको उनले बताइन्।‘मैले काम गर्ने र आफैँलाई प्रमाणित गर्ने ठाउँ स्थानीय तह हो। त्यही भएर नगरपालिकाको उप-प्रमुख मा मेरो स्वभाविक दावी हो,’उनले भनिन्।
जनताको आधारभूत आवश्यकता कृषि, शिक्षामा परिवर्तनका लागि पनि गाँउपालिकाबाटै काम गर्न सकिने भएकाले यस्तो निर्णयमा पुगेको उनले बताइन्।
‘आजको समस्या भ्रष्टचार हो, गफ गर्ने तर काम नगर्ने क्षेत्र कृषि बनेको छ। कृषिमै केही गर्न सक्यो भने पनि त्यो ठूलो कुरा हुन्छ,’ उनले भनिन्।
अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा आएकी थापा अहिले आठविस नगरपालिकाको उप-प्रमुख सिफारिस भएकि छन् ।
नगरपालिका उप-प्रमुखमा थापाको दावी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ बैशाख २०७९, आईतवार ११:०७