मुगु /आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालिकोट जिल्लाको शुभकालिका गाउँलिका अध्यक्षमा नेकपा माओबादी केन्द्रको तर्फबाट ३ आकांक्षीहरुले दावी प्रस्तुत गरेका छन् । शुभकालिका गाउँ कमिटि पूर्ण बैठकमा गाउँपालिका अध्यक्षमा ३ जनाले दावी प्रस्तुत गरेका हुन्। जस्मा गोविन्द आचार्य (अनिल), दिपक चौलागाईं (शिखर ),जय बहादुर महतारा( अटल ) विच रस्सा कस्सी देखिएका छन् ।
गाउँपालिका अध्यक्षमा आचार्य बलियो भएको चर्चा
शुभकालिका गाउँलिका अध्यक्ष पदमा२०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले पराजित भएका आचार्य यो पटक पनि फेरि अध्यक्ष पदमा दावी गरेका छन् ।लोकप्रिय नेताका रुपमा स्थापित आचार्य नेकपा माओवादी केन्द्रको विभिन्न कमिटीमा आवद्ध हुनुहुन्छ ।नेपाली उखान टुक्का अनुसार एक पटक घाइते भए पछि फेरि उसैलाई घाउमा मलम लगाउनको लागि एक पटक जनताले यसको मुल्यांकन गर्ने छन् ।
युवा नेता चौलागाईं पनि बलियो उम्मेदवार भएको चर्चा
विद्यार्थी संगठन देखि पार्टीको जिम्मेवारी समेत समालेका चौलागाईं पार्टी जिताउनका लागि आफु मात्र बलियो उम्मेदवार रहेको र आम कार्यकर्ताको भावना अनुरुप अगाडी बढ्ने बताएका छन् ।उनले भने यदि गाउँपालिकामा मैले अध्यक्ष पदको लागि दावी गरेको छु।यदि पार्टीले सहि मुल्यांकन गरेको खण्डमा विद्यार्थी,युवा र आम गाउँपालिका नागरिकहरु इच्छा आकांक्षा अनुरुप विकास निर्माण गर्ने समेत बताए छन् ।
शुभकालिका गाउँ कमिटीले तीन जनाको नाम सिफारिस गरेको छ।
शुभकालिका गाउँलिका अध्यक्षमा ३जनाको दावी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ बैशाख २०७९, आईतवार ०९:०२