गाउँपालिकाको अध्यक्षमा बम सर्वसम्मत सिफारिस

मुगु/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) शान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका लागि विश्वराज बम लाई सर्वसम्मत सिफारिस गरेको छ।
पार्टीको बैठकले बमको एकल नाम सर्वसम्मत रुपमा अध्यक्षका लागि जिल्लामा सिफारिस गरेको हो ।
एकीकृत समाजवादी कालिकोट जिल्ला अध्यक्ष समेत रहेका बम सो गाउँपालिकामा समाजसेवीको रुपमा परिचित छन् ।
पाँच दलीय गठबन्धनभित्र समेत सो गाउँपालिकामा समाजवादीको भागमा पर्यो भने, पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार बम भए बिजयी हुने समेत निश्चित रहेको चर्चा छ ।

तपाईको प्रतिक्रिया