दियो खबर संवाददाता कालिकोट ।कालिकोट जिल्लाको नरहिनाथ गाउँपालिकाको शुक्रवार विभिन्न संचार माध्यममा स्टेचर नभएको समाचारले गर्दा आफ्नो ध्यान गाउँपालिका तिर गएको पत्रकार पुष्पराज भट्टराईले बताए। उनले अहिलेको २१ औं शताब्दीमा पनि गाउँपालिकामा स्टेचर नहुनु लाजमर्दाे कुरा भएको बताए तर गाउँलिकाले गाउँमा सडक नै सुचारु नभएको बेला गाडि किनेको र सर्वसाधारण जनता चाहिँ बिरामी हुदा सामान्य स्टेचर समेत नहुनु यो कस्तो विडम्बना दुधमाथि तरमा भने जस्तै ।विहबार नरहरिनाथ गाउँपालिका वडा नं ४ कि मंगला सहकारीलाई स्वास्थ्य चौकी लैजानका लागि काठ प्रयोग गरि स्थानीयले बोकेको तस्बिर सामाजिक संजालमा आएपछि पत्रकार भट्टराईले अमेरिका मा रहेका दरुण दलका नेता राजकुमार हमाल संग सहकार्य गरेर नरहरिनाथ गाउँपालिकाका नौ वटा वडा लाई स्टेचर दिएका छन् । वडा र स्वास्थ्य संस्थामा स्टेचर समेत नहुदा विरामीलाई उपचार गर्नका लागि स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको छ । कार्यक्रम मा नरहरिनाथ गाउँपालिका का प्रमुख प्रशाससकिय अधिकृत लाल बहादुर मल्ल ,प्रेस संगठन कालिकोटका संयोजक भरतराज विष्ट, लगाएत जिल्ला स्थित पत्रकार ,सरकारवाला निकाय लगाएको सहभागिता रहेको थियो ।
भट्टराई द्वारा गाउँपालिका लाई स्टेचर सहयोग
तपाईको प्रतिक्रिया
दियो खबर । २५ आश्विन २०७७, आईतवार १३:०६