युवा संघ नेपालको मोटरसाइकल र्‍याली

कालिकोट/ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा मोटरसाइकल र्‍याली गरेको छ।आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको सन्देश दिनका लागि र्‍याली गरिएको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी उपाध्यक्ष ध्रुव थापाले बताए । 
युवा संघका प्रदेश उपाध्यक्ष ध्रुव थापाको नेतृत्वमा वीरेन्द्रनगरका मुख्य ठाउँहरूमा मोटरसाइकल र्‍याली गरिएको थियो । एकीकृत समाजवादी सुर्खेतका सचिवालय सदस्य खड्ग थापा मगरले भने,‘यो र्‍याली प्रतिगमनका मतियारहरूलाई काउन्टर दिनका लागि पनि गरिएको हो।’

तपाईको प्रतिक्रिया