वीरेन्द्रनगरको नगर-प्रमुखमा रावत उम्मेदवारी घोषणा

सुर्खेत /निर्वाचन आयोगले स्थानीय निर्वाचन तोकेसँगै विभिन्न दलका नेता कार्यक्रता गाउँ–गाउँ टोल–टोलमा प्रचार तथा पार्टीका विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् । सुर्खेत जिल्लाको विरेन्द्र नगर नगरपालिकामा पनि चुनावको रौनकले तिव्रता पाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नगर-प्रमुखमा वीर बहादुर रावत(भोटे )ले आफ्नो उम्मेदवारी दिने तयारी गरेका दियो खबर संग बताए ।
गठबन्धनको भागबन्डामा वीरेन्द्रनगर नगरपालिकामा नेकपा एकीकृत समाजवादीको भागमा पर्यो भने रावतको उम्मेदवारी हुने समेत स्रोतले बताएको छ।
यदि गठबन्धन हुन नसकेको खण्डमा पनि वीरेन्द्रनगरको नगर-प्रमुखमा रावतको नै उम्मेदवारी रहने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय सचिव र कर्णाली प्रदेश कमिटी अध्यक्ष एवं विरेन्द्र नगर कमिटीका उपाध्यक्ष समेत रहेका लोकप्रिय युवा नेता राउतले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै पार्टी लाई स्थानीय निर्वाचनमा जित हातपार्न सक्ने,र स्वच्छ छवि भएको र हरेक समस्यालाई मात्र नभई चुनौतीलाई पनि सामना गर्न सक्ने क्षमता वान रावत स्थानीय निर्वाचनमा नगर-प्रमुखको उम्मेदवारी समेत बनेका छन् ।

तपाईको प्रतिक्रिया