नेपाल राष्ट्रिय कर्मचारी संगठन कालिकोटको अध्यक्षमा-देवकोटा

कालिकोट/नेकपा माओवादी केन्द्र निकट भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन कालिकोटको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
उक्त अधिवेशन बाट कालिकोट जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।अध्यक्षमा प्रकाश देवकोटा सर्वसम्मत भएका हुन् भने उक्त पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् ।त्यस्तै उपाध्यक्षमा पुनम विश्वकर्मा,पदम बहादुर शाही,धिरेन्द्र विक्रम थापा,नन्द बहादुर शाही,सचिवमा धिरेन्द्र धामी,कोषाध्यक्षमा अम्बिका शाही,सह-सचिवमा हेमराज मल्ल लगाएत २५ सदस्यीय कमिटी घोषणा गरिएको अध्यक्ष देवकोटाले बताए।

तपाईको प्रतिक्रिया