कालिकोटमा गठबन्धनको बैठक

सुर्खेत /सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने समझदारी गरेका छन् । नेपाली काँग्रेस कालिकोट जिल्ला सभापति अम्बर बहादुर शाहीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय मान्ममा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा माओवादी केन्द्र जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र )ले जानकारी दिए ।
‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने समझदारी बनेको छ, उनले भने,बाँकी विषय छलफल भैरहेको र वडा स्तर बाटै निर्णय लिने समेत बताए ।
उनले गठबन्धन दलहरूबीचको त्यस्तो समझदारीलाई कार्यान्वयन गर्न सबै दल सम्मिलित संयन्त्र बनाएर बाँकी प्रक्रियाका कामलाई अघि बढाउने निर्णय भएको बताए ।
बैठकमा प्रतिनिधि सभा सदस्य माननीय दुर्गा बहादुर रावत,नेपाली कांग्रेसका नेता हिक्मत विष्ट,हर्ष बहादुर बम,मनराज शाही,नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला इन्चार्ज विष्णु बहादुर विश्वकर्मा (विकल्प)सह-इन्चार्ज यशोदा न्यौपाने (पुर्णिामा),नेकपा माओवादी केन्द्र जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं(शैलेन्द्र ),नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष विश्वराज बम,कालिकोट जिल्ला इन्चार्ज कुर्मराज शाही ,सह-इन्चार्ज द्वय तुलाराज सिम्खडा,विजया विष्ट, जनता समाजवादी पार्टीबाट अध्यक्ष माधव उपाध्याय,नेता खडानन्द चौलागाईंको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया