दियो खबर संवाददाता कालिकोट । सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी”नेकपा “को भातृसगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन “अनेरास्ववियू”का नेता सुदेश पराजुलीले स्थानीय सरकारको नेतृत्वमा रहेका व्यक्ति धेरै निजी शैक्षिक संचालक भएको हुनाले शुल्कमा समस्या देखिएको बताउँछन्। ‘संघिय सरकारले राम्रो शैक्षिक पोलिसी निर्धारण गर्न नसक्नुले पनि अहिले अभिभावकले दुःख खेपिरहेका छन्,’उनले भने,‘निजी शैक्षिक संस्थासँग आर्थिक लेनदेनमा पनि स्थानीय सरकार लिप्त छन्। स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्ति शैक्षिक योग्यता कमीले पनि यस्तो हुन गइरहेको छ।’ सरकारको स्पष्ट नीति नियम पनि नभएको उनले बताए।
सरकारको नेतृत्वमा रहेका व्यक्ति धेरै निजी शैक्षिक संचालक-नेता पराजुली
तपाईको प्रतिक्रिया
दियो खबर । २४ आश्विन २०७७, शनिबार ०७:२३