सुर्खेत /म्यादी प्रहरीमा भर्ना हुन आएका रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–२ का निशान विकको शुक्रबार तामाकोसीमा डुबेर मृत्यु भएको छ । शुक्रबार विहान तामाकोसीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापको डिएसपी राज कुमार सिंहले जानकारी दिए ।
साथीसँग तामाकोसी नदीमा पौडी खेल्ने क्रममा रामेछाप दोरम्बा सैलुङ गाउँपालिकाका उक्त युवक डुबेरर वेपत्ता भएपछि जिल्ला प्रहरी रामेछाप र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरेको थियो । मृतक युवकको शव नदीबाट निकालिएको डिएसपी सिंहले बताए ।
निशानको म्यादी प्रहरी बन्ने सपना अधुरै
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १८ चैत्र २०७८, शुक्रबार १८:३७