स्टेचर लैजानु समन्वय प्रमुख -शाही

दियो  खबर संवाददाता कालिकोट ।कालिकोट जिल्लाको नरहिनाथ गाउँपालिकाको शुक्रवार विभिन्न संचार माध्यममा स्टेचर नभएको समाचारले गर्दा आफ्नो ध्यानआकर्षण भएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले बताएका छन् । उनले अहिलेको २१ औं शताब्दीमा पनि गाउँपालिकामा स्टेचर नहुनु लाजमर्दाे कुरा भएको बताए । विहिवार नरहरिनाथ गाउँपालिका वडा नं ४ कि मंगला सहकारीलाई स्वास्थ्य चौकी लैजानका लागि काठ प्रयोग गरि स्थानीयले बोकेको तस्बिर सामाजिक संजालमा आएपछि जिल्ला समन्वय समितिको ध्यानआकर्षण भएको प्रमुख शाहीले बताएका हुन् । वडा र स्वास्थ्य संस्थामा स्टेचर समेत नहुदा विरामीलाई उपचार गर्नका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको छ । प्रमुख शाहीले गाउँपालिकाले माग रिफारिस गरेमा जिल्ला समन्वय समितिमार्फत ५÷६ वटा स्टेचर सहयोग गर्ने बताएका छन् ।यो समाचार अनलाइन न्यूज खबर बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया