शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया खाँडाचक्रमा सम्पन्न

दियो खबर संवाददाता कालिकोट ।कालिकोट जिल्लाको मान्ममा आज शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रीया सकिएको छ। इन्सेक नेपाल कालिकोटको आयोजना र खाँडाचक्र नगरपालिका मानव अधिकार समुहको सहजिकरणमा शिक्षक,अभिभावक,बिद्यार्थी बिच शिक्षाको अधिकार सम्बधि अन्तरक्रिया भएको हो ।
नगरपालिकाको हालसम्मको बिद्यार्थिको शैक्षिक बुझ्ने,शैक्षिक अवस्था सुधार गर्न अभिभावक,बिद्यार्थि र शिक्षक हरुमा एकरुपता ल्याइ नागरीकलाइ शिक्षाको पहुँच बाट टाढा रहन नदिने उदेश्यले अन्तरक्रिया कार्यक्रमको अयोजना गरिएको इन्सेक कालिकोटका सहजकर्ता एवम् पत्रकार रमेश कुमार सोनिले बताउनु भयो ।
इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि एवम् मानव अधिकार कर्मि कालि बहादुर मल्लको अध्यक्षता,नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीको प्रमुख आथित्यता र जनजिवन मा बि ताडिका बिद्यालय ब्यावस्थाप समितीका अध्यक्ष लक्ष्मण शाहिको बिषेस आथित्यतामा भएको अन्तरक्रिया कार्यक्रमा आफ्नो भनाइ राख्दै खाँडाचक्र नगरपालिका वडा नं का बिद्यार्थि रबिन्द्र मल्लले भने जिल्लाका भन्दा गाउँका बिद्यालयमा कोरोनाको नाममा पढाइमा लापरवाहि भएको बताउनु भयो । अहिले पनि ग्रमिण भेगमा शिक्षामा छोरा,र छोरीमा पनि बिभेद हुने गरेको सोहि कार्यक्रमा सहभागि खाँडाचक्र नगरपालिकाकि मानवअधिकार समुहकि संयोजक अबिसरा अधिकारीले बताउनु भयो । अन्तरक्रिया कार्यक्रमका बिषेस अथिती समेत रहेका जनजिवन मा बि ताडिका बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष लक्ष्मण शाहिले भने कालिकोटको शैक्षिक अस्थामा सुधार नहुनु स्थानिए सरका ,बिद्यालयमा राजनितीक खिचातानि प्रमुख कारण भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघ कालिकोट शाखा सचिव खडानन्द अधिकारीले दन्द कालदेखि कालिकोटमा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेक कालिकोटलाइ धन्यवाद दिदै इन्सेक कालिकोटले मानव अधिकारको क्षेत्रमा गरेको काम राम्रो र कालिकाट जस्तो जिल्लामा महत्वपुण भएकाले यसलाइ सवैले आफ्नो ठाउँबाट सहयोग गनुपर्ने बताउनु भयो ।
साथै अधिकारीले कालिकोट जिल्लामा हाल स्थानिए सरकारले आफ्नो टोल,टोलमा गयर बिद्यार्थिलाइ शिक्षा दिएका छौं भन्नु गलत भएको बताए साथै उनले टोलमा शिक्षक खटाएको छ स्थानिए सरकारले भने पनि हाल सम्म कालिकोटका कुनै टोलमा पनि शिक्षकले पढाइ रहेको कुनै अनुगमनमा नभेटिएको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभा अध्यक्ष समेत रहेका कालिकोट इन्सेक प्रतिधिनि कालि बहादुर मल्लले कालिकोटमा अहिले सम्म मानव अधिकार समुहले गरेको अनुगमनमा शिक्षा क्षेत्रमा भने सन्तोस जनक नदेखिएको बताउनु भयो ।
सार्थै मल्लले शिक्षाको सुधारको लागि स्थानिए सरकार ,प्रमुख रुपमा लागिपर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो हाल सम्म कालिकोट जिल्लामा शिक्षक,अभिभावक,र बिद्यार्थिमा एक रुपता नभए सम्म मनवले शिक्षा अधिकारको प्रत्याभुत नगर्ने बएकाले शिक्षामा सुधार गर्न सवै सरोकार वाला एकरुप भएर लाग्नु पर्ने बताउदै आफु भने नागरिकलाइ शिक्षाको अधिकारको प्रत्याभुत गराउन सधैं लागिपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया