सुर्खेत/नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू रुकुम पश्चिमको आयोजनामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध रुकुम पश्चिममा प्रदर्शन भएको छ।अनेरास्ववियू रुकुम पश्चिम उपाध्यक्ष भावना शर्माले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन र खारेज गर्न समेत दबाब दिँदै प्रदर्शन गरेको बताइन् । प्रदर्शनमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका छन् ।
प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, माग गरेका हुन् ।
युवा संघ नेपाल रुकुम पश्चिमका अध्यक्ष दिपेश पुन ,अनेरास्ववियू अध्यक्ष हुकुम विसी लगाएत युवा,विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
रुकुम पश्चिममा एमसिसीका विरुद्ध प्रदर्शन
तपाईको प्रतिक्रिया
भावना शर्मा । १ फाल्गुन २०७८, आईतवार १७:०५