कालिकोट/खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय स्वास्थ्यकर्मीहरुलाई बृहत् पोषण विशेष प्याकेज तालिम आज समापन भएको छ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरु संग ७दिने तालिम सम्पन्न भएको छ।
उक्त समापन कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईंको सभा अध्यक्षता र नि.स्वास्थ्य व्यवस्थापक डा.रत्नविर सुनारको प्रमुख आतिथ्यता,जनस्वास्थ्य अधिकृत कटक बहादुर महत,खाँडाचक्र स्वास्थ्य शाखा संयोजक रविन्द्र सेजुवाल र खाँडाचक्र नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरीय बृहत् पोषण विशेष प्याकेज तालिम मान्मको होटल हिलसाइडमा सम्पन्न भएको छ।खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको थियो।उक्त कार्यक्रमका प्रशिक्षक कटक बहादुर महतले बालबालिकाको जीवनरक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्,समुदायमा सहभागी हुन र योगदान दिन,तथा रोग,विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित लाखौं बालबालिकाको लागि वास्तविकता निकै तितो बताए ।
प्रमुख अतिथि डा.रत्नविर सुनारले भने मातृ,नवजात शिशु तथा नाबालकको पोषण मार्फत होचोपन/पुड्कोपन र ख्याउटेपन न्युनिकरण गर्ने र गम्भिर कुपोषणको व्यवस्थापन गर्ने विशेष गरि बालबालिकाको सुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरू,उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने समेत बताए ।
स्वास्थ्य शाखा संयोजक सेजुवालेभने लाखौं बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविक रुपमै छोट्याउने गरेको बताए ।
पालिका स्तरीय स्वास्थ्यकर्मीहरुलाई बृहत् पोषण विशेष प्याकेज तालिम सम्पन्न
तपाईको प्रतिक्रिया
दियो खबर । २७ माघ २०७८, बिहीबार १४:२७