दियो खबर संवाददाता कालिकोट । जिल्ला ट्राफिक कार्यालय कालिकोटले मान्म बजारको जिरोपन्टमा नागरिक सहायता कक्ष संचालन गरेको छ । चाडपर्वका बेला यातायात ब्यवस्थालाइ सहज बनाउन नागरिक सायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख आनसिह भण्डारीले बताउनु भयो ।
कोरोना संक्रमण दर बढ्दै गइरहेकाले यातायातका साधनमा यात्रा गर्दा अनिवार्य स्वास्थ्यका मापदण्ड पूरा गर्न जिल्ला समन्वय प्रमुख अनिपाल शाहीले आम नागरिकलाइ अनुरोध गर्नु भयो ।
चाडपर्वको बेला आवत जावत बढ्ने भएकाले नागरिक सहायताका लागि कालिकोट हुल्म, सदरमुकाम मान्मको जिरोपन्ट र नाग्म बजारमा नागरिक सहायता कक्ष राख्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले बताउनु भयो ।
ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालन गर्नुका साथै सन्देशमुलक सूचना सामग्री बितरण गरेको छ ।
दियो खबर । २१ आश्विन २०७७, बुधबार १२:३२