नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा केसि र सचिवमा शाही

काठमाडौं /नेकपा माओवादी केन्द्रको यही मंसिर २५ गतेदेखि शुरु भएको‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यहरुबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसके पछि प्रदेश समिति सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो । त्यही विधि अनुसार आज विमला केसी अध्यक्षमा र सचिवमा धनजित शाही (आदर्श )निर्वाचित भएका छन् ।
पूर्व भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी केसी कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ । नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला अध्यक्ष एवं प्रदेश सदस्य शाही सचिव भएका हुन्।
नेकपा माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुम पश्चिम ३२, सल्यान २९ कालीकोट २९,जाजरकोट २६,सुर्खेत २१,जुम्ला १८, हुम्ला१८,दैलेख १७,डोल्पा ११,र मुगु १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५,युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने व्यवस्था विधानमा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया