दियो खबर संवाददाता जुम्ला ।जुम्ला, डोल्पा र जाजरकोट जोड्ने दानसाँघुको पक्कि पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न हुन करिव एक दशक लागेको पुल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि नरेश भण्डारिले सोमबार उद्धघाटन गरेका छन् । लामो समय देखी अधुरो भएको जुम्ला डोल्पा र जाजरकोट जोड्ने दानसाँघुको पुल निर्माण कार्य सम्पन्न भएपछि जिल्लाको गुठिचौर गाउँपालिका सँगै डोल्पा र जाजरकोट जान सजिलो हुनेछ । पूर्वाधार विकास कार्यालय जुम्ला स्थापना पछि तिला जवाँ नदिको संगम स्थलमा अधुरो भएको पुल सम्पन्न भएको हो । वि सं २०६८ असार १५ मा ठेक्का सम्झौता भई काम शुरु भएको पुल विभिन्न कारणले ढिलाई भएपछि अधुरो रहेको थियो । पक्कि पुलको उद्धाटन गर्दै मन्त्री भण्डारीले आफु पहिलो संविधानसभाको प्रतिनिधी हुँदा पुल निर्माण कार्यसुरु भएपनि विभिन्न कारणले ढिलाई भएकोमा अहिले प्रदेश सरकारले यसको मुर्त रुप दिएको दावि गरेका छन् । विभिन्न समस्याहरु सामाधान गर्दै म्याद थप गरेर वाँकी काम सम्पन्न भएपछि अहिले गाडि गुड्न सफल भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले जानकारी दिएका छन् । उनका अनुसार पहिला स्टमेट ६२ मिटरको मात्रै थियो, पछि १५ मिटर थप्नुपर्ने देखी विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाई भएको उनको भनाई छ । अहिले पूर्वाधार कार्यालयको स्थापना पछि म्याद थप गरेर रु एक करोड १४ लाख रुपैया थपेर जुम्लाकै सवैभन्दा ठूलो र पुरानो पुल काम सम्पन्न भएको छ। कार्यक्रम मा अनेरास्ववियू केन्द्रीय सदस्य तृर्सना हमाल ले दियो खबर लाई बताइन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी द्वारा जुम्ला ,, डोल्पा र जाजरकोट जोड्ने पक्कि पुल उद्धघाटन
तपाईको प्रतिक्रिया
दियो खबर । २० आश्विन २०७७, मंगलवार ०७:४९