काठमाडौं /नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष पदका उम्मेदद्धार जेसी लालमणी भण्डारीले जेसिजका कार्यक्रम लाई परिमार्जित गर्दै नयाँपन दिएर आफु अघि बढ्ने दियो खबर संग बताएका छन् ।बिगत देखि आज सम्मका कार्यक्रम हेर्दा नियमित कार्यक्रमले मात्रै निरन्तता पाएको भन्दै आफु यसलाई परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिए ।आफ्नो अर्को लक्ष्य भनेको नेपाल जेसिजलाई नेपाल सरकार,युवा परिषद लगायत राज्यका निकाय संग समन्वय सहकार्य गर्दै राज्यको एक अंगका रुपमा स्थापीत गर्ने उनको भनाइ छ ।दियो खबर संग कुरा गर्दै लालमणी भण्डारीले आफ्नो उद्देश्य भनेको समाज, देश,र अन्तराष्टिय स्तरसम्म नेतृत्व गर्ने यूवा जन्माउने रहेको बताए ।२०२२ मा आफु निर्वाचित भएमा व्यावसायिक रुपमा यूवाहरुलाई सबल बनाउने खालका कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।भोटको लागि राजनिति गर्ने आफ्नो एजेण्डा होईन अध्यक्षका उम्मेद्धवार भण्डारीले भने देशभरीका शाखालाई बलियो र सक्षम बनाउने लक्ष्य हो भन्दै सबै जेसिज मित्रलाई आफुलाई यसपटक विजयी गर्न आग्रह समेत गरेका छन् ।
राष्ट्रिय अध्यक्ष पदको उम्मेदवारी दिदै-जेसी भण्डारी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २७ मंसिर २०७८, सोमबार १३:३९