काठमाडौं /संयुक्त विद्यार्थी संगठनले त्रिविले करार शिक्षकलाई स्वतः स्थायी बनाउने निर्णय गरेको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनका क्रममा संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालय अगाडि घेराउ गरेका छन् ।
आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रिएको छ। अखिल क्रान्तिकारी अध्यक्ष पंचा सिंह अनेरास्ववियू महासचिव आरति लामा लगाएत संयुक्त विद्यार्थी संगठनका विद्यार्थी नेताहरुको सहभागीता रहेको अनेरास्ववियू सचिव रमा रेग्मीले बताइन् ।
यसै विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको गरेको प्रति खेद व्यक्त समेत गरेका छन् ।
त्रिविको निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन निरन्तर आन्दोलनमा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २४ मंसिर २०७८, शुक्रबार २०:२०