काठमाडौं /जाजरकोट जिल्ला कुशे गाउँपालिकामा रहेको हिमशिखर साना कृषि सहकारी संस्था लिको बार्षि उत्सव तथा कृषि मेला कार्यक्रम लाई कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री चन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको छ ।
हिमशिखर साना कृषि सहकारी संस्था लिको बार्षि उत्सव तथा कृषि मेला कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री शाहीले समाज रुपान्तरण र समृद्ध नेपाल,आर्थिक क्रान्ति गर्नका लागि सहकारीकाे महत्त्वपूर्ण भुमिका रहेको बताए ।कर्णाली प्रदेश सरकारले व्यक्ति पिच्छे योजना दिने भन्दा पनि सहकारी लाई प्रथामिकतामा राखेको समेत बताए ।थोपा-थोपा जोड्दा समुन्द्र बने जस्तै सहकारीमा पनि सबैले सेयर लगानी गरेर आफू आर्थिक तन्त्रलाइ बलियो बनाउनु पर्ने बताए ।
साे उद्घाटन कार्यक्रम कृषि मेलामा हिमशिखर साना कृषि सहकारी संस्था लिका अध्यक्ष मोतिराम सुनार,प्रमुख अतिथि मन्त्री चन्द्र बहादुर शाही,विशेष अतिथि नेकपा एकीकृत समाजवादी निकट किसान महासंघ केन्द्रीय उपाध्यक्ष एवं जाजरकोट जिल्ला पार्टी अध्यक्ष कृष्ण विसि,मन्त्रीका प्रमुख स्वकीय सचिव नवीन विश्वकर्मा लगाएतका नेताकार्यकर्ता,सहकारीका कर्मचारी,कृषकहरु सहभागीता रहेको मन्त्री शाहीका स्वकीय सचिव युवराज वलीले दियो खबर लाई बताए ।जाजरकोट जिल्लाका कृषकले कृषि मन्त्री शाहीलाई भव्य स्वागत समेत गरेका छन् ।
सहकारीको माध्यम बाट आर्थिक क्रान्ति गर्न सम्भव भएको मन्त्री -शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ मंसिर २०७८, बिहीबार २२:२५