काठमाडौं /नेपाल स्काउट कर्णाली प्रदेशले स्थानीय तहमा विस्तार गरेको छ।कालिकोट जिल्ला महावैगाउँपालिका वडा-२ ओदा देव मा.वि मा आज एक कार्यक्रम गरिएको छ।महावै गाउँपालिका संयोजक देउलासिंह ठकुरी सभा अध्यक्षता ,कर्णाली प्रदेश संयोजक कमल बोहराको प्रमुख आतिथ्यता ,महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीको विशेष आतिथ्यता ,ओदा फाउन्डेसनका शिक्षा अधिकृत युवराज पराजुली लगाए को सहभागीता रहेको थियो ।उक्त कार्यक्रम ३२ जना विद्यार्थी लाई स्काउटको लोगो सहित भए कपडा पनि वितरण गरिएको संयोजक देउलासिंह ठकुरीले बताए । नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना विसं २००९ सालमा भएको हो । विशेष अतिथि शाहीले बताए नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । प्रमुख अतिथि बोहराका अनुसार विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने समेत बताए ।
महावै गाउँपालिकामा स्काउट-संयोजकमा देउलासिंह ठकुरी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ मंसिर २०७८, बिहीबार २०:३४