काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुखाघोकी सहित ज्वरो आएपछि ओलीले बालकोट स्थित निवासमा आराम गरिरहेका छन् ।
ओलीले बिहीबार काठमाडौँको तीनकुनेमा रहेको रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने भनेका थिए । तर उनी अस्वस्थ भएका कारण आउन सकेनन् ।
प्रेस चौतारीले ओलीको उपस्थितिमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । तर ओली अस्वस्थ भए पछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।
तुलराज पाण्डे । २३ मंसिर २०७८, बिहीबार १४:११