दियो खबर संवाददाता कालिकोट ।वकालत सीप तथा नेतृत्व विकास तालिम।”सुशासनमा नागरिक सहभागीता कार्यक्रम कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका को होटल ह्वाइटहाउस मा सञ्चालन गरिएको थियो ।उक्त कार्यक्रम को सभाअध्यक्षता खाँडाचक्र नगरपालिका वडा नम्बर ११का वडाध्यक्ष एवं नगर प्रबक्ता पुष्पराज गिरीको प्रमुख आतिथ्यता मा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।कार्यक्रम को जुन सुशासन भने शव्द नै आफैमा काफि छ। सुशासन कायम गर्नको लागि यस सहकर्मी समाज ले आयोजना गरेको मा यस संस्था लाई धन्यवाद समेत दिनु भएको छ।सामाजिक क्षेत्रमा यस तालिमले महत्त्वपूर्ण कार्यमा काम गर्ने सक्कने बताए ।दोस्रो चरणको कार्यक्रम परिचयआत्मक कार्यक्रम भएको थियो ।विभिन्न समूह,बाट आएका सहभागिहरुले आफ्नो परिचय दिइसके पछि जनवकालत अधिकृत चेतराज भट्ट ले कार्यक्रम माथि प्रकाश पार्दै तिनदिने तालिमको उदशेको बारेमा जानकारी गराउनु भयो । वकालत भनेको के हो ?वकालत यस्तो कार्य हो जसले नीति अडान र कार्यक्रम परिवर्तन मा दिन्छ ।नागरिकको आधारभूत अधिकार पुरा गर्नु राज्यको दायित्व हो ।खाँडाचक्र नगरपालिका मा सहकर्मी समाज कालिकोट ले गठन गरेका प्रत्येक वडाका समुह वडा नम्बर १.वडिमालिका समुह,वडा नम्बर २.सालडाँडा समूह ,वडा नम्बर ३. जनचेतना समुह, वडा नम्बर ५.फुलबारी समूह,वडा नम्बर६. प्रगतिशील समूह,वडा नम्बर ७.कालिका समूह,वडा नम्बर ११. समाजसुधार समूह,किशोरी समुह, वडा नम्बर .२ ,युवा सञ्जाल खाँडाचक्र नगरपालिकाका कोषाध्यक्ष दक्षिणा कुमारी शाही लगाएतको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सहजिकरण सहकर्मी समाज जनवकालत अधिकृत चेतराज भट्ट ले गर्नु भएको थियो। ।उक्त कार्यक्रम तीन दिन सम्म संचालन हुने आयोजकले दियो खबर लाई बताए ।
समाजिक दुरीकायम गर्दै वकालत सीप तथा नेतृत्व विकास तालिमको उद्घाटन
तपाईको प्रतिक्रिया
दियो खबर । १९ आश्विन २०७७, सोमबार १६:३२