कालिकोटकी १५ वर्षीया बालिकाले रेकर्ड गरिन् एकीकृत समाजवादीको मार्मिक लोक देउडा गीत

काठमाडौं/ कालिकोट जिल्ला महावै गाउँपालिका वडा-४ निवासी १५ वर्षीया बालिका विपना सिंहले नेकपा(एकीकृत समाजवादी)को मार्मिक लोक देउडा गीत रेकर्ड गरेकी छन् ।अनेरास्ववियु कालिकोट जिल्ला कमिटी सदस्य समेत रहेकी विपनाले एकीकृत समाजवादीका केही जिम्मेवार नेताहरु र आफ्नो व्यक्तिगत लगानीमा एकीकृत समाजवादीको गीत रेकर्ड गरि भिडियो बनाउने तयारीमा लागेकी हुन् ।
भविष्यमा एक कलाकार सहितको इमान्दार नेता बन्ने सपना रहेको भन्ने विपनाले देशमा बिधमान सबै राजनीतिक दलहरुको तुलनामा नेकपा(एकीकृत समाजवादी)सच्चा र इमान्दार पार्टी रहेको कारण आफुले पार्टीको पक्षमा गीत गाएर कलाकारिता सुरु गरेको दाबी गरिन ।केपी ओली प्रबृत्ति बिरुद्ध कडा शब्दका साथ एकीकृत समाजवादीको पक्षपोषण गरेर रेकर्ड गरिएको गीतमा विपनाकै आमा जर्मा सिंह र कर्णाली प्रदेशका क्रियाशील कलाकार महेन्द्र शाही(रास्कोटी)समेतको सुमधुर आवाज रहेको छ ।
“समाजवादी दर्ता भयो कलम चिन्ह रोजी,
जननेता माधव नेपाल देशले गर्यो खोजी ”
जस्तै गीत हरु रहेको “रोजौ कलम”चिन्ह नामक एल्बममा शब्द समेत विपनाकै रहेका छन् भने शब्दमा संशोधन तथा सुझाव एकीकृत समाजवादी कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँलेको रहेको छ । म्यूजिक बैंक रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौंमा गीत रेकर्ड गरिएको विपनाले जनाएकी छन् ।

तपाईको प्रतिक्रिया