सुनथराली विमानस्थलको स्थलगत निरीक्षण गर्ने मन्त्री-आले

काठमाडौं /कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा-१ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न नेकपा एकीकृत समाजवादी कालिकोट जिल्ला पार्टी अध्यक्ष विश्वराज बम,उपाध्यक्ष चित्रसिंह गाउँले,कर्णाली प्रदेश कमिटी सदस्य मनिराज बराल,उप-सचिव डवल बोगटी,युवा संघका स्थानीय कमिटी सदस्य मेघराज शाही लगाएका नेताकार्यकर्ताहरुले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई सोमबार सिंहदरबार स्थित मन्त्रालयमै पुगेर मन्त्री आलेलाई विमानस्थलको स्थलगत निरिक्षण गर्न,कामको प्रगतिका बारेमा बुझ्न, तत्काल विमानस्थल लाई नियमित उडान गर्ने गरि निर्माणको काम अघि बढाउन र सम्बन्धित पक्षलाई निर्देशन दिन अनुरोध गरेको छ।
२०४२ सालदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलका बारेमा जानकारी गराए पछि मन्त्री आलेले दुर्गम पिछडिएको ठाउँमा मेरो प्रमुख भुमिका रहेको बताए ।भाषण गर्नु भन्दा पनि म काम गर्ने भएकाले आफ्नो कार्यकालमा नै निर्माणाधीन विमानस्थल लाई सुचारु गर्ने समेत बताए ।
३ दशक पहिले बिमान स्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिएको विमान स्थल निर्माणका लागि करिव १० करोड बरावरको बजेट खर्च भैसकेको थियो भने कामको शिलशिलामा ४१ जना कामदारको अकालमै ज्यान गइसकेको थियो । ज्यान जाने ४१ जना कामदारहरुमध्य ६ जना विमानस्थल कटान गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका थिए भने धादिङ्ग जोगिमारा स्थायी घर भै विमानस्थल निर्माणको शिलशिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरुलाई २०५८ सालमा तत्कालिन राज्यपक्षको शाही सेनाद्धारा विमान स्थलमै गोलिहानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया